- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हेटौँडा । बागमती प्रदेशमा मन्त्रालय फुटाएर १४ पुर्याइएको छ । प्रदेशको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विनाविभागीय मन्त्री मधुकुमार श्रेष्ठलाई जिम्मेवारी दिनका लागि एक मन्त्रालय फुटाइएको हो ।
पर्यटन संस्कृति तथा सहकारी मन्त्रालय फुटाएर श्रेष्ठलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सय दिनभन्दा बढी बिना विभागीय मन्त्री भएका श्रेष्ठलेअब सहकारी तथा गरिबी मन्त्रालय पाएका छन् ।
यससँगै बागमती प्रदेशमा १४ मन्त्रालय भएका छन्। यसअघि १३ मन्त्रालय थिए । यससँगै बागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्रीसहित ८ र एमालेबाट ६ जना मन्त्री बनेका छन् ।