arrow

फिन इलेक्ट्रो टेक २०२४

मुलुकलाई आर्थिक रूपमा सबल बनाउन उत्पादनमूलक क्षेत्रमा जोड दिनुपर्छ - उपप्रधानमन्त्री सिंह [भिडियो]

अर्थतन्त्रलाई चलायमान बनाउने इन्जिनलाई सरकारले प्राथमिकता अझै दिन नसकेको अध्यक्ष ढकालको गुनासो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २९ बिहिबार
prakashman-sing-07-27.jpg

काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकलाई आर्थिक रूपमा सबल बनाउनको लागि उत्पादनमूलक क्षेत्रमा जोड दिनुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजना भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधान तथा शहरी विकासमन्त्री सिंहले  निजी क्षेत्र र सरकार दुवैले उत्पादनमूलक क्षेत्रमा जोड दिन आवश्यक रहेको बताए । 

मन्त्री सिंहले उत्पादनको क्षेत्रले नेपालको जिडीपीमा पुर्‍याएको योगदानमा कमी आइरहेको बताए । उनले उत्पादन क्षेत्रले जिडीपीमा पुर्‍याएको योगदानमा वृद्धि गर्न उत्पादनमूलक उद्योगहरूमा जोड दिनुपर्ने बताए । उनले ऊर्जा उत्पादनमा लागेर उत्पादनमूलक क्षेत्रमा आवश्यक विद्युत् सप्लाई गर्नु सक्नुपर्ने बताए । उनले विद्युत्को लागि ट्रान्समिसन लाइनदेखि अन्य सबै कम्पोनेन्टमा नेपालमा बनेका सामान राखेर गर्न सके राम्रो परिणाम दिने बताए । उनले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकारले निजी क्षेत्रले दिएका सुझावलाई ध्यान दिएर कार्यान्वयनमा जोड दिइरहेको बताए । उनले सरकारले अर्थतन्त्र सुधारको लागि गरिरहेको कामको परिणाम केही समयमा देखिने बताए । 

उनले भने,‘नेपालमा सबैले उत्पादनको क्षेत्रमा जोड दिनुपर्छ । उत्पादनको क्षेत्रले नेपालको जिडीपी पुर्‍याएको योगदानमा कमी आइरहेको छ । त्यसलाई स्तर वृद्धि गर्नको लागि उत्पादनमूलक उद्योगहरूमा जोड दिनुपर्छ । मानिसहरू स्वास्थ्य भए मात्रै हिँडडुल गर्नसक्छौं । ऊर्जा उत्पादनमा लागेर उत्पादनमूलक क्षेत्रमा आवश्यक विद्युत् सप्लाई गर्न सक्नुपर्छ । विद्युत्को लागि ट्रान्समिसन लाइनदेखि अन्य सबै कम्पोनेन्टमा मेड इन नेपाल नेपालमा बनेका सामान राखेर गर्न सकियो भने राम्रो परिणाम दिनेछ । नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकारले निजी क्षेत्रले दिएका सुझावलाई ध्यान दिएर कार्यान्वयनमा जोड दिइरहेको छ । त्यसको परिणाम सबैले केही समयमा आउँछ ।’

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र मुलुकको अर्थतन्त्र चलायमान बनाउने इन्जिन भएको बताए । उनले अर्थतन्त्रलाई चलायमान बनाउने इन्जिनलाई सरकारले प्राथमिकता अझै दिन नसकेको भन्दै गुनासो गरे । उनले सरकारले निजी क्षेत्रलाई प्राथमिकता राखेर काम गर्‍यो भने मात्रै समग्र रूपमा आर्थिक समृद्धि प्राप्त हुने उल्लेख गरे । उनले मुलुकको अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको छाता संस्थाहरूले खेलेको भूमिकाको मूल्याङ्कन हुनुपर्ने बताए । उनले सरकारको नेतृत्वदायी निकायमा बसेका प्रधानमन्त्री,मन्त्री,सचिव र निजी क्षेत्रका संस्थाका अध्यक्षहरूको रिपोर्ट कार्ड बनाउन सक्दा नतिजा आफैँ आउने बताए । 
 



नयाँ