arrow

शिक्षामा अपाच्य राजनीति

सत्र दिनदेखिको शिक्षकको सडक आन्दोलन जारी, सरकार के चाहन्छ ? [फोटोफिचर]

सरकारले अहिले जात्रा देखाउँदा भोलि आफैँलाई जात्रा पर्ला भन्ने पनि सोच्ने हो कि !

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ५ शुक्रबार
teachers-protest-82-02-05-(.jpg

काठमाडौँ । विभिन्न माग राखी १७ दिनदेखि आन्दोलनरत शिक्षकहरुले माइतीघर नयाँ बानेश्वर सडक अवरोध गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । 

मुख्य सडक नै अवरोध हुँदा १७ दिनदेखि सो क्षेत्रको ट्राफिक प्रभावित भएको अत्यावश्यकीय सवारी अन्तै मोड्नु पर्ने अवस्था छ । त्यतिमात्र हैन उक्त मुख्य सडकको दुरुपयोग भएपछि सहायक मार्गमा हुने जामले सवारी लामो समयसम्म फस्दै आएका छन् । 

गत चैत २० गतेदेखि नियमित रुपले शिक्षकहरु आन्दोलित छन् । सिंहदरबार जोडिएको छ । तर सरकारले सुनिरहेको छैन । 

उता बैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्रको भर्ना खुलिसकेको छ । विद्यालयहरु ठप्प भएसँगै भर्ना प्रक्रिया रोकिएको छ । 

सामुदायिक विद्यालयका विद्यार्थीहरु बाध्य भएर निजी विद्यालयमा जान थालेका छन् । तर नौ र १० कक्षमा पढ्ने विद्यार्थीहरु अब कता जाने ? गाउँका विद्यालयमा कहाँ खोज्ने निजी ?

शिक्षकहरुले माग पूरा नहुन्जेल आन्दोलन नछाड्ने बताएका छन् । 

सरकार के चाहन्छ ? 
अहिले सामुदायिक विद्यालयहरु केबल गरिबका सन्तानले पढ्ने विद्यालय जस्ता भएका छन् । केहीलाई छाड्ने हो भने अधिकांश विद्यालय शिक्षकलाई तलब खुवाउनका लागि जस्ता पनि देखिएका छन् । 

अहिले तिनै शिक्षकलाईसमेत पनि सरकारले समय सुहाउँदो सेवा सुविधा नदिएको गुनासो छ । 

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो माग मात्र राखेर जिद्दी गर्न नहुने भनेर शिक्षकहरुलाई भड्काइरहेका छन् । शिक्षा मन्त्री विद्या भट्टराई प्रतिक्रियाविहीन छिन् । 

सत्ता साझेदार नेपाली कांग्रेसले विद्यार्थीका पक्षमा आफूहरु रहेको बताएको छ । तर अहिलेसम्म पहल गरेको देखिएन । 

विपक्षी दल माओवादी केन्द्रले पनि सरकार ढाल्ने गरी नै शिक्षकलाई उचालिरहेका छन् तर पहल अगाडि बढाएका छैनन् । 

आखिर के चाहन्छ सरकार ? के विद्यार्थीले पढ्न पाउने अधिकार वञ्चित गर्ने लक्ष्य नै हो सरकारको ? 

कि शिक्षकका माग जायज छैनन् भने कारबाही गर्नुपर्यो । जायज माग छन् भने सम्बोधन गर्नुपर्यो । जात्रा गर्दा सरकारलाई नै पछि जात्रा नपर्ला भन्न सकिन्न । 

लोकतन्त्र बेथितिपूर्ण भयो भनेर एउटा पक्ष आन्दोलित छ । उसले लोकतन्त्रमा अलोकतान्त्रिक क्रियाकलाप बढी भयो भन्दै राजा खोजिरहेको छ । 

के सरकारले सोचिरहेको छैन कि हरेक घरमा विद्यार्थी छन् र यतिबेला सबै पीडित छन् ? बेलैमा सोच्ने कि समय घर्केपछि ? 
 

teachers-protest-82-02-05 (1).jpeg
teachers-protest-82-02-05 (1).jpg
teachers-protest-82-02-05 (2).jpeg
teachers-protest-82-02-05 (2).jpg
teachers-protest-82-02-05 (3).jpeg
teachers-protest-82-02-05 (3).jpg
teachers-protest-82-02-05 (4).jpeg
teachers-protest-82-02-05 (4).jpg
teachers-protest-82-02-05 (5).jpeg
teachers-protest-82-02-05 (5).jpg
teachers-protest-82-02-05 (6).jpeg
teachers-protest-82-02-05 (6).jpg
teachers-protest-82-02-05 (7).jpeg
teachers-protest-82-02-05 (7).jpg
teachers-protest-82-02-05 (8).jpeg
teachers-protest-82-02-05 (8).jpg
teachers-protest-82-02-05 (9).jpeg
teachers-protest-82-02-05 (9).jpg
teachers-protest-82-02-05 (10).jpeg
teachers-protest-82-02-05 (10).jpg
teachers-protest-82-02-05 (11).jpeg
teachers-protest-82-02-05 (11).jpg
teachers-protest-82-02-05 (12).jpeg
teachers-protest-82-02-05 (12).jpg
teachers-protest-82-02-05 (13).jpeg
teachers-protest-82-02-05 (15).jpeg
teachers-protest-82-02-05 (14).jpeg
teachers-protest-82-02-05 (16).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ