arrow

न्यायबाट च्युत भएको राज्य टिक्न सक्दैन - पूर्वप्रधानन्यायाधीश श्रेष्ठ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
kalyansss.jpg

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायबाट च्युत भएको राज्यले आफ्नो निरन्तरता कायम राख्न नसक्ने बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्याय बलियालाई नभई असहायलाई चाहिने कुरामा जोड दिए। राज्यले दिन्छु भनेको सुरक्षा र संरक्षण असहायलाई नै आवश्यक पर्ने भन्दै, यदि राज्यले न्याय दिन सक्दैन भने जनतालाई राज्यको आवश्यकता नपर्ने उनको भनाइ थियो।

श्रेष्ठले राज्यको आधारभूत जग नै न्याय भएको उल्लेख गर्दै न्यायको पाना कहिल्यै च्यातिन नहुनेतर्फ सचेत गराए। उनले भने, “बलियाबाङ्गालाई न्याय चाहिने होइन, असहायलाई चाहिने हो। राज्यले जुन सुरक्षा दिन्छु भन्छ, संरक्षण दिन्छु भन्छ, त्यसलाई चाहिने हो न्याय। राज्यले न्याय दिन सक्दैन भने जनतालाई राज्य किन चाहिन्छ? राज्य जुनसुकै हालतमा बस्छ भन्ने छैन। राज्यको फाउण्डेशनको आधार नै न्याय हो। जुन राज्य न्यायबाट चुक्छ, त्यो राज्यले आफ्नो निरन्तरता कबुल गरिरहन सक्दैन। चाहेर पनि सक्दैन। कहिँ न कहिँ च्यातिने सम्भावना रहन्छ। अरु कुनै पाना च्यातिओस् तर न्यायको पाना नच्यातिओस्। ताकि राज्य सुरक्षित रहोस्।”

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिका अख्तियारीले नभई विश्वासले बाँच्ने बताए। न्याय पाइन्छ भन्ने विश्वास रहेसम्म मात्रै न्यायपालिका टिक्ने उनको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ