arrow

अमानवीय व्यवहार रहेसम्म मुलुकको विकास असम्भव - देउवा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २१ बुधबार
deuba-21.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यमा अमानवीय र दण्डनीय व्यवहार विद्यमान रहेसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले २०६२/०६३ को परिवर्तनसँगै समतामूलक समाज निर्माण गर्ने उद्देश्यले पुनर्स्थापित संसदमा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रस्ताव पनि पारित गरिएको स्मरण गराए।

उनले यतिका धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका मानिसले ज्यानै गुमाउनुपरेको जस्ता विभेदका घटनाहरू देख्दा र सुन्दा अत्यन्तै पीडाबोध हुने गरेको बताए। देउवाका अनुसार, नेपाललाई विभेदरहित राज्य बनाई समतामूलक समाज स्थापना गर्न नेपाली काँग्रेसले आफ्नो स्थापनाकालदेखि नै उद्देश्य राखेको छ।

सभापति देउवाले भने, “०६२/०६३ को परिवर्तनसँगै समतामूलक समाज निर्माण गर्ने उद्देश्यले पुनर्स्थापित संसदमा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रस्ताव पनि पारित गरिएको हो। यतिका धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका मानिसले ज्यानै गुमाउनुपरेको जस्ता विभेदका घटनाहरू देख्दा, सुन्दा अत्यन्तै पीडाबोध हुन्छ। यस्तो अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास हुँदैन भन्नेकुरा विगतका अनुभवहरूले सावित गरिसकेको छ। नेपाललाई विभेदरहित राज्य बनाई समतामूलक समाज स्थापना गर्न हाम्रो पार्टीको स्थापनाकालदेखि नै उद्देश्य राखेर आएको छ।”

सभापति देउवाले मुलुकका सबै समस्याहरूको पहिचानसँगै समाधान गर्न नेपाली काँग्रेस मात्रै सक्षम रहेको दाबी गरे। उनले जातीय भेदभाव गर्ने व्यक्ति काँग्रेसको सदस्य रहन नसक्ने विधानमै व्यवस्था रहेको पनि बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ