arrow

पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
pashupati-bikash-kosh-81.jpg

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवको जिम्मेवारी कार्यकारी निर्देशक सुवासचन्द्र जोशीलाई दिएका छन्। 

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले मन्त्रिस्तरीय निर्णयबाट यो जिम्मेवारी जोशीलाई दिएको उनको सचिवालयले जनाएको छ।

यो नियुक्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ७ गते विद्युतीय शवदाहगृह यन्त्र खरिद प्रकरणमा तत्कालीन सदस्य सचिव डा. मिलनकुमार थापालगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि भएको हो। 

विशेष अदालतमा मुद्दा दायर भएपछि स्वतः पदबाट निलम्बन हुने कानुनी व्यवस्थाअनुसार सदस्य सचिव पद रिक्त भएको थियो।

नवनियुक्त निमित्त सदस्य सचिव जोशीको पदावधि आगामी भदौ १८ गतेसम्म मात्र रहेको कोषले जनाएको छ। उनको निमित्त सदस्य सचिवको कार्यकाल करिब दुई महिनाको हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ