arrow

‘अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको छैन’: नेतृ झाँक्री [भिडियो]

झाँक्रीले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौँ’ भन्ने अभिव्यक्ति दिएकी थिइन्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
ramkumaris-jhakri.jpg

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको बताएकी छन्।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाँक्रीले आफूले पार्टी अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको बताएकी हुन्। उनले अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका केही ठूला नेताहरूले टेलिभिजनमार्फत स्पष्टीकरण सोधेको भनेर हल्ला फिँजाएको बताएकी छन्।

बुटवलमा पार्टीसम्बद्ध युवा सङ्गठनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा झाँक्रीले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौँ’ भन्ने अभिव्यक्ति दिएकी थिइन्। झाँक्रीको यस्तो अभिव्यक्ति आएपछि पार्टी महासचिव घनश्याम भुसालले जथाभावी अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका थिए।

स्पष्टीकरण सोधिएको भन्ने समाचार आए पनि आफूलाई नसोधिएको बारेमा पार्टीले गरेको निर्णय बुझ्न आफू नै सचिवालय बैठकमा नेताहरूसँग निवेदन लिएर आएको झाँक्रीले स्पष्ट पारिन्।

उनले भनिन्, “केही शक्तिशाली पदाधिकारीहरूले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ। मलाई त सोधिएको छैन। टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, मैले बोलेको कन्टेन्टको हिसाबले। १५ गते यसबारे कुनै क्रिया, प्रतिक्रिया नदिनु भनेर निर्देशन पनि जारी गरेको थियो। त्यो निर्देशनपछि उहाँहरूलाई प्रोत्साहन गरेको जस्तो बोलिरहनुभएको छ। पार्टीलाई घाटा नहोस् भनेर सचिवालय बैठकमै दिन्छु त्यसका लागि बोलाउनुस् भनेर निवेदन दिन आएकी हुँ।”

नेतृ झाँक्रीले पार्टीलाई आफ्नो कारणले कुनै हानि नहोस् भनेर आफ्नो तहको बैठक नभए पनि सचिवालय बैठकमै आएर आफ्नो बारेमा छरिएका भ्रमबारे जान्ने चाहनाअनुसार निवेदन दिएको जानकारी गराएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ