arrow

देवघाटधाममा साउनको पहिलो सोमबार [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
devghat-monday.jpg

देवघाट । हिन्दु धर्मावलम्बीहरूका लागि पवित्र मानिने साउन महिनाको पहिलो सोमबार (आज) तनहुँको देवघाटधामस्थित शिवालयहरूमा भक्तजनको बाक्लो भीड लागेको छ।

बिहानैदेखि देशका विभिन्न भागबाट आएका भक्तजनहरूले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थलमा स्नान गरी पूजाअर्चना गरिरहेका छन्।

साउन महिना र सोमबारको दिनलाई भगवान् शिवको विशेष दिन मानिन्छ। यस दिनमा शिवको पूजा आराधना गर्नाले मनोकामना पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

देवघाटमा विशेषगरी बोल बम यात्रीहरूको पनि उल्लेख्य उपस्थिति रहेको छ, जसले सुन्दरीजलबाट शुद्ध जल ल्याई शिवालयमा चढाउने परम्परा कायम राखेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ