arrow

माधव, झलनाथ जबजको पक्षमा थिएनन् : प्रधानमन्त्री ओली [भिडियो]

कोही कोही त पाँचौँ महाधिवेशनदेखि नै दक्ष प्रजापतिको टाउको भन्नेहरू स्पष्टै थियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
kps.jpg

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरू जबजवादी नभएको भनेर साँचो कुरा बोलेको बताएका छन्। पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसमा च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

अध्यक्ष ओलीले पार्टी विभाजन भएदेखि नै माधव नेपाललगायतका नेताहरूले आफूहरू जबज (जनताको बहुदलीय जनवाद) नमान्ने कुरा स्पष्ट पारेको बताए। उनले पूर्व प्रधानमन्त्री झलनाथ खनालप्रति लक्षित गर्दै पाँचौँ महाधिवेशनदेखि नै जबज नमान्नेहरूको प्रवृत्ति रहेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले भने, “जबज हाम्रो होइन भनेर पार्टी विभाजन भएदेखि कोही कोही खुलेर भने– हामी जबजवादी होइनौँ, जबजको पक्षमा छैनौँ, जबज मान्दैनौँ भनेर माधव नेपाल लगायतले भने। त्यो राम्रै गरे, साँचो कुरा गरे। तर साँचो कुरा गर्न यति लामो समय लाग्यो।”

उनले जबज एमाले पार्टीको सामूहिक बुद्धिको उपज भएको र मदन भण्डारीको अगुवाइमा तत्कालीन समयको सामना गर्न तयार गरिएको नीति भएको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ