arrow

‘कुलिङ पिरियड’ मा छेडखानी

ओलीलाई छानबिनको दायरामा ल्याउन प्रचण्डको माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १० शनिबार
prachanda-04-10.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामती ऐनमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा भएको छेडखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको दायराभित्र ल्याउनुपर्ने माग गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो माग राखेका हुन्।

दाहालले यसअघि पनि प्रधानमन्त्रीको मिलेमतोमा यस्तो भएको हुन सक्ने आशंका रहे पनि ठोस आधार नभएको बताए। तर, अहिले राष्ट्रिय सभामा नेकपा (एमाले) का सांसदहरूको क्रियाकलापका कारण प्रधानमन्त्री नै संलग्न भएको आधार पुष्टि भएको दाहालको दाबी छ। उनले यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने र एमाले पार्टीको नेतृत्वकै कारण ‘कुलिङ अफ पिरियड’ मा छेडखानी भएको जिकिर गरे।

अध्यक्ष दाहालले भने, "तपाईंहरूले देख्नुभएको छ। अहिले जालझेल, ठगी, भ्रष्टाचार, बेइमानी सरकारको परिभाषा जस्तो भएको छ। अहिलेको सरकार भनेकै त्यस्तै हो।" उनले संघीय निजामती ऐनमा ‘कुलिङ अफ पिरियड’ दुई वर्ष सर्वसम्मत भएको स्मरण गराउँदै सरकारको नेतृत्व गर्ने पार्टी (एमाले) ले राष्ट्रिय सभामा यसलाई हटाउन खोज्नुले नियतमाथि प्रश्न उठेको बताए।

"बिरालोले अन्तिममा म्याऊँ गरिछोड्यो भन्नेकुरा जस्तो एमालेले म्याऊँ गरि नै हाल्यो," दाहालले भने, "उसको नै रहेछ नियत, षड्यन्त्र गर्ने, यसका निम्ति जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्छ।" उनले संसदीय छानबिन समितिलाई प्रधानमन्त्री स्वयंलाई पनि छानबिनको दायरामा पार्न माग गरेको र आफ्ना सांसदहरूले सदनमा पनि यो विषय उठाएको बताए।

अध्यक्ष दाहालले वर्तमान सरकारलाई जालझेल, ठगी, बेइमानी र भ्रष्टाचारको पर्याय भएको आरोप लगाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ