बहुविवाहलाई मान्यता दिने कानून ल्याइँदैन: प्रधानमन्त्री ओली [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
429
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाह गर्न स्वीकृति दिने कानून सरकारले ल्याउने भन्दै फैलाइएको भ्रम निराधार रहेको बताएका छन्। मुलुकी संहिता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यसबारेमा धेरै हल्ला फिँजाइएको र आफूले संसदमा पनि स्पष्ट पारिसकेको बताए।
प्रधानमन्त्री ओलीले आजको समाजले बहुविवाहलाई मान्यता दिन नसक्नेमा जोड दिए। उनले भने, "बहुविवाहलाई मान्यता आजको समाजले दिन्छ भन्नेकुरा नै सोच्न सक्ने कुरै होइन।" उनले यस्ता हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरे।
उनले डेमोक्रेटिक रिपब्लिक मा प्रतिगमन हुन नसक्ने भन्दै कानून, संहिता र ऐनमा प्रतिगमन नहुने प्रतिबद्धता जनाए। सरकारले प्रतिगमनकारी कुनै पनि कानूनको मस्यौदा संसदमा नपठाउने उनले स्पष्ट पारे।