युवाहरू तयार भए म पद छोड्न तयार छु: प्रधानमन्त्री ओली [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
916
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको समय युवाहरूको भएकोले उनीहरू अघि बढेर देश विकासमा लाग्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले भने, “यो युवाहरूको समय हो। युवाहरू अगाडि बढ्नुपर्छ, युवाहरूले गर्न सक्नुपर्छ। यो कुरा थाहा पाएपछि भन्छन्, तपाईंले किन पद नछोडेको? म त छोड्न तयार नै छु नि। युवाहरू तयार हुनुपर्यो नि त। म ‘इन्करेज’ गर्न चाहन्छु ‘युथ’हरूलाई।”
उनले वैज्ञानिक खोज, अध्ययनका साथै नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नयाँ ढंगले काम गर्न चाहने युवाहरूलाई सरकारले सबै प्रकारको साथ दिने विश्वास व्यक्त गरे।
साथै, प्रधानमन्त्री ओलीले नेपालमा अब लगानी र काम गर्न कुनै पनि बाधा नरहेको दाबी गरे।