arrow

आज निजामती सेवा दिवस, कर्मचारीहरूलाई बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २२ आइतबार
nijamati-diwas.jpg

काठमाडौं। नेपालमा आज निजामती सेवा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा निजामती सेवासम्बन्धी ऐन २०६१ सालमा जारी भएको दिन भदौ २२, २०१२ को अवसर पारेर यो दिवस मनाउन सुरु गरिएको हो।

निजामती सेवा दिवसका अवसरमा आज निजामती कर्मचारीहरूलाई सार्वजनिक बिदा दिइएको छ।

दिवसको मुख्य समारोहका रूपमा, प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई सम्मान गर्दैछन्। यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार (प्रतिव्यक्ति रु. १ लाख) र ३० जनालाई निजामती सेवा पुरस्कार (प्रतिव्यक्ति रु. ५० हजार) प्रदान गरिनेछ।

पुरस्कार समारोहअघि, कर्मचारीहरूले सिंहदरबारस्थित संसद भवनअगाडिबाट प्रभातफेरी निकाल्नेछन्। प्रभातफेरी भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुगेर मूल समारोहमा परिणत हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ