arrow

देशैभर निजामती सेवा दिवस [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २२ आइतबार
nijamati-sewa-diwas-82-5-22.jpg
तस्बिर – रासस र नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । देशैभर निजामती कर्मचारीहरुले निजामती सेवा दिवस मनाएका छन् । बिहान प्रभातफेरी र त्यसपछि विविध कार्यक्रम गरी कर्मचारीहरुले निजामती सेवा दिवस मनाएका हुन् । 

विभिन्न अवसरमा संघीयदेखि प्रदेश र स्थानीय तहसम्मले उत्कृष्ट कर्मचारीलाई पुरस्कृतसमेत गरेका छन् । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज निजामती सेवा दिवस मनाइएको हो । 

तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको समयमा २०१३ साल भदौ १३ पहिलोपटक निजामती सेवा ऐन जारी भएको स्मरणमा २०६१ सालदेखि सरकारले विविध कार्यक्रम आयोजना गरी निजामती सेवा दिवस मनाउँदै आएको छ ।

यता काठमाडौंँमा संघीय सरकारले गरेको कार्यक्रममा जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएबापत जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ई मित्र बराललाई ‘निजामती सेवा पुरस्कार’ प्रदान गरिएको छ । 

निजामती सेवा दिवस २०८२ का आवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उनलाई प्रमाणपत्रसहित सो पुरस्कार दिएका हुन् ।

सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, मुख्यसचिव एकनारायण अर्याल, सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव रविलाल पन्थ उपस्थित थिए । 


 

nijamati-sewa-diwas-2082 (1).jpg
nijamati-sewa-diwas-2082 (2).jpg
nijamati-sewa-diwas-2082 (3).jpg
nijamati-sewa-diwas-2082 (4).jpg
nijamati-sewa-diwas-2082 (5).jpg
nijamati-sewa-diwas-2082 (6).jpg
nijamati-sewa-diwas-2082 (7).jpg
nijamati-sewa-diwas-2082 (8).jpg
nijamati-sewa-diwas-2082 (9).jpg
nijamati-sewa-diwas-2082 (10).jpg
nijamati-sewa-diwas-2082 (11).jpg
nijamati-sewa-diwas-2082 (12).jpg
nijamati-sewa-diwas-2082 (13).jpg
nijamati-sewa-diwas-2082 (14).jpg
nijamati-sewa-diwas-2082 (15).jpg
nijamati-sewa-diwas-2082 (16).jpg
nijamati-sewa-diwas-2082 (17).jpg
nijamati-sewa-diwas-2082 (19).jpg
nijamati-sewa-diwas-2082 (20).jpg
nijamati-sewa-diwas-2082 (21).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ