arrow

मधेसका मुख्यमन्त्री यादवको स्पष्टीकरण

लोसपाको डरले बर्दिवासको होटलमा शपथ लिएँ [भिडियो]

मुख्यमन्त्री नियुक्त गर्नुभयो तर शपथ नगराउने हो मैले र एमालेले तपाईंलाई घेर्छ भन्ने कुरा भनेको हो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
saroj-yadhav-press-meet.jpg

जनकपुर। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदीले बर्दिवासस्थित होटलमा शपथ ग्रहण गराउनुको कारणबारे स्पष्टीकरण दिएका छन्।

मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले आफूलाई नियुक्ति पत्र दिइसकिएको अवस्थामा प्रदेश प्रमुख सुवेदी काठमाडौं जान लागेको जानकारी पाएपछि जसरी भए पनि शपथ गराउन आफूले नै दबाब दिएको स्वीकार गरेका छन्।

मुख्यमन्त्री यादवका अनुसार, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत केही पार्टीका नेता तथा कार्यकर्ताहरूले आफूलाई शपथ लिन नदिने जानकारी पाएपछि सुरक्षित स्थानमा शपथ ग्रहण गर्नुपरेको बताएका छन्।

उनले दबाब दिएको स्वीकार गर्दै भने, "उहाँ काठमाडौं जान लाग्नुभयो, मेरो शपथ नहुने भयो भनेर मलाई जानकार आइसकेपछि मैले उहाँलाई दबाब दिएकै हो। मुख्यमन्त्री नियुक्त गर्नुभयो तर सपथ नगराउने हो मैले र एमालेले तपाईंलाई घेर्छ भन्ने कुरा भनेको हो।" उनले थपे, "त्यसपछि उहाँले निस्किसकेको छु बर्दिवासस्थित पानस होटलमा बोलाउनुभयो। त्यही गएर मैले नियुक्तिअनुसार शपथ खाएको हो।"

नेकपा (एमाले) संसदीय दलका नेता यादवलाई कात्तिक २४ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम तत्कालीन प्रदेश प्रमुख सुवेदीले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

मुख्यमन्त्री यादवले प्रदेशमा उत्पन्न राजनीतिक अवस्था मधेस र मुलुकको लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर चुनौतीका रूपमा खडा भएको पनि बताएका छन्। उनले सरकारलाई सहयोग गर्न सबै राजनीतिक दलहरूलाई आह्वान समेत गरेका छन्।

मुख्यमन्त्री यादवको नियुक्ति र शपथ विवादमा परेपछि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र यादवले प्रदेश प्रमुख सुवेदीलाई पदमुक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ