arrow

वाग्मती प्रदेशमा पुँजीगत खर्च सुस्त: चार महिनामा ७.२७ प्रतिशत मात्रै बजेट खर्च

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
finance-ministery-bagmati.jpg

बाग्मती । बाग्मती प्रदेशको पुँजीगत खर्चमा चालु आर्थिक वर्षको प्रथम चार महिनामा उल्लेखनीय वृद्धि हुन सकेको छैन। यस अवधिमा कुल विनियोजित बजेटको सात दशमलव २७ प्रतिशत मात्र खर्च भएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आवका लागि प्रदेश सरकारले रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार को बजेट ल्याएकामा चार महिनामा कुल बजेटको सात दशमलव २७ प्रतिशत अर्थात् रु चार अर्ब ९० करोड ३५ लाख ८६ हजार खर्च भएको छ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी खर्च प्रदेशसभा सचिवालयले २७ प्रतिशत गरेको छ भने प्रदेश लोकसेवा आयोगले २० दशमलव ९२ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले १८ प्रतिशत र प्रदेश नीति तथा योजना आयोगले १६ दशमलव ९१ प्रतिशत खर्च गरेका छन्। यसैगरी, श्रम, रोजगार तथा यातायात मन्त्रालयले १६ दशमलव ६३ प्रतिशत र स्वास्थ्य मन्त्रालयले १६ दशमलव ३७ प्रतिशत बजेट खर्च गरेको छ। यस विपरीत, सबैभन्दा कम खर्च गर्नेमा भने संस्कृति तथा पर्यटन मन्त्रालय देखिएको छ, जसले एक दशमलव १४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ