ओलीको प्रश्न: सभा गर्न नदिने सरकारले निर्वाचन कसरी गर्छ ? [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
995
Shares
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफ्नो पार्टीलाई सभा, सम्मेलन गर्न नदिएको भन्दै ससर्त प्रश्न उठाएका छन्।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बाराको सिमरा एयरपोर्टमा पार्टीका महासचिव शङ्कर पोखरेल लगायतका नेताहरूलाई युवा भेलामा जानबाट रोकेको घटनालाई लिएर आक्रोश व्यक्त गरे।
ओलीले भने, “बोल्न नदिने, सभा, सम्मेलन गर्न नदिने... सिमरा एयरपोर्ट नै बन्द भयो। ५०/६० जना मान्छे आएर ढुङ्गामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने? अनि सरकार भन्छ चुनाव गर्ने रे। सभा गर्न नदिनेले चुनाव कसरी गर्छ?”
उनले जेन–जीको नाममा एमालेविरुद्ध ढुङ्गामुढा गर्न लगाइएको आरोपसमेत लगाएका छन्।