कांग्रेस सभापति थापाले बालेनको टिमलाई दिए बधाई तथा शुभकामना
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १३ शुक्रबार
3.2k
Shares
तस्बिर : फाइल
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री वालेन्द्र साह बालेनलाई बधाई तथा शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै सभापति थापाले प्रधानमन्त्री बालेनसँगै मन्त्रिपरिषदका सदस्यहरूलाई बधाई दिएका हुन् ।
थापाले देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने बताए ।
प्रतिनिधि सभाको निर्वाचनमा रास्वपा १८२ सिटसहित पहिलो स्थानमा रहँदै बहुमतसहित एकल सरकार बनाउन सफल भएको हो भने ३८ सिट जितेको कांग्रेस प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहने छ ।
यस्तो छ उनको सन्देशः
हार्दिक बधाइ तथा शुभकामना!
नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु। देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ। हार्दिक शुभकामना !