arrow

वृद्ध पिट्ने तन्नेरी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
crime-final-everytime-use.jpg

काठमाडौँ । सार्वजनिक स्थानमा एक वृद्धलाई कुटपिट गरेको अभियोगमा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा देखिएको काठमाडौँको वसन्तपुर क्षेत्रमा वृद्धलाई कुटपिट गरेको भिडियोका सम्बन्धमा प्रहरीले छानबिन गरेको थियो । 

छानबिनका क्रममा कुटपिटमा संलग्न चन्द्रागिरी नगरपालिका थानकोटका ४४ वर्षीय प्रकाश क्षेत्रीलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहार गर्न नहुने कसूरमा पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ