arrow

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २८ शनिबार
pakrau9.jpg

काठमाडौँ। सुनसरीको कोशी गाउँपालिका-८ भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ परेका छन् । प्रहरीले शुक्रबार बिहान  छ लाख ४८ हजार ७१० नेपाली रुपैयाँ र १२ हजार ९५० भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा तिलाठी कोइलाडी गाउँपालिका-५ बस्ने ५८ वर्षीय राम लखन यादव र भारत सुपौल छिटही हनुमान नगर-१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् । 

इलाका प्रहरी कार्यालय भन्टावारिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को२१प १४९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ