arrow

विभिन्न गैरकानूनी कार्यमा संलग्न तीन सय जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
pawankumar-bhattarai-police-kathmandu-parisar-speaker.jpg

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक सुरक्षालाई मजबुद बनाउन पछिल्लो छ महिनामा विभिन्न गैरकानूनी कार्यमा संलग्न ३०९ जनालाई नियन्त्रणमा लिएको छ । 

आज आयोजित पत्रकार भेटमा परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेकामध्ये ६१ जनाविरुद्ध मुद्दा दायर भएको जानकारी दिए ।

सो अवधिमा काठमाडौँ प्रहरीले विभिन्न सार्वजनिक कार्यालयमा सेवाग्राहीलाई दुःख दिने २१ बिचौली, सर्वसाधारणलाई दुःख हैरानी दिने १३६, यौनजन्य कार्य १२८ र गुण्डागर्दीमा संलग्न २४ जनालाई पक्राउ गरेको छ । युगाण्डाबाट नेपालमा आई यौन व्यवसाय सञ्चालन गर्ने २० महिलालाई एक वर्षसम्म नेपाल आउन नपाउने गरी अध्यागमन विभागबाट ‘डिपोर्ट’ गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ