arrow

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने तयारी 'चरम अलोकतान्त्रिक': प्रदीप ज्ञवाली

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
pradeep-gyawali-08-05.jpg

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले विश्वविद्यालयहरूबाट विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीलाई 'चरम अलोकतान्त्रिक' कदमको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता ज्ञवालीले विद्यार्थी संगठन खारेज गर्ने प्रयोजनका लागि विश्वविद्यालयहरूमा सुरक्षा युनिट स्थापना गर्नु प्राज्ञिक स्वायत्ततामाथिको नाङ्गो हस्तक्षेप भएको बताएका छन्।

उनले पञ्चायतकालको निरङ्कुशतामा समेत सरकारले विद्यार्थी संगठन खारेज गर्ने आँट नगरेको स्मरण गराउँदै वर्तमान सरकारको यो धृष्टतामा विश्वविद्यालयका उपकुलपतिहरूले कसरी हस्ताक्षर गरे होलान् भनी प्रश्न समेत गरेका छन्। विद्यार्थी आन्दोलनमा केही समस्याहरू देखिएको र शैक्षिक गुणस्तर वृद्धिका लागि क्याटलिस्ट बन्नुपर्नेमा कतिपय अवस्थामा मूल मुद्दाबाट बरालिएको स्वीकार गर्दै उनले संगठनलाई नै निषेध गर्नु भने समाधान नभएको तर्क गरेका छन्।

ज्ञवालीका अनुसार विद्यार्थी संगठनलाई निषेध गर्नुको सट्टा उनीहरूसँग संवाद, रचनात्मक सहकार्य र गुणस्तरीय शिक्षाका लागि विद्यार्थी आन्दोलनको रूपान्तरण नै वास्तविक समाधान हो। उनले सरकारको यस कदमलाई कटाक्ष गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘के तपाईं कपालमा चाया पर्यो भनेर गर्धन नै छिनाउनु हुन्छ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ