arrow

चितवनमा प्रहरीको स्विप अपरेशन: एक सय तेह्र जना नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ११ शुक्रबार
nepal-police12.jpg

काठमाडौँ ।  जिल्ला प्रहरी कार्यालय चितवनले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गरी एकैदिन ११३ जनालाई नियन्त्रणमा लिएको छ।

बिहीबार चलाइएको यस कारबाहीका क्रममा लागुऔषध बिक्री वितरण तथा सेवन गर्ने, मदिरा पिएर सार्वजनिक स्थलमा होहल्ला गर्ने र सरकारी कार्यालयको सेवा प्रवाहमा अवरोध पुर्‍याउने व्यक्तिहरूलाई प्रहरीले समातेको हो। 

यसका साथै बसपार्क तथा सार्वजनिक स्थानमा यात्रुहरूको इच्छाविपरीत झोला तथा सामान तानेर दुःख दिनेहरू पनि कारबाहीमा परेका छन्।

प्रहरीले सवारीसाधनको स्वरूप परिवर्तन गर्ने र ठूलो आवाज निकालेर ध्वनि प्रदूषण फैलाउँदै मोटरसाइकल चलाउने चालकहरूलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। जिल्लामा शान्ति सुरक्षा कायम गर्न र सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाउन यस्तो विशेष अभियान चालिएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ