स्रोत नखुलेको २७ लाखभन्दा बढी नगदसहित दुई जना पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
610
Shares
काठमाडौँ । प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट प्रहरीले सात लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत आन्ध्र प्रदेश प्रकासम घर भएका ५९ वर्षीय भीम श्रीनिवास रहेका छन्।
विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले बुद्ध एयरको उडानमार्फत काठमाडौँ जान लागेका श्रीनिवासलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त नगद फेला पारेको प्रहरीले जनाएको छ।
यसैगरी रसुवाको गोसाईकुण्ड गाउँपालिका-६ धुन्चे बजार क्षेत्रबाट पनि ठूलो परिमाणको नगदसहित अर्का एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही गाउँपालिका-३ वृद्दिम बस्ने ३६ वर्षीय मिङमार छिरिङ गुरूङ छन्।
अस्थायी प्रहरी पोष्ट धुन्चेबाट खटिएको टोलीले स्याफ्रुबेशीबाट काठमाडौँ आउँदै गरेको ना.१ ज ४८०७ नम्बरको सुमो जाँच गर्ने क्रममा गुरूङको साथबाट १९ लाख ५२ हजार एक सय रुपैयाँ स्रोत नखुलेको अवस्थामा फेला पारेको जनाएको छ।
दुवै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।