झ्याल-ढोका बनाउने क्रममा करेन्ट लागेर हर्कको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
557
Shares
डोटी। डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बडीकेदार गाउँपालिका-२ खरहरका ५१ वर्षीय हर्कबहादुर पल्ली मगरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय डोटीले जनाएको छ।
शनिबार साँझ करिब ४:४५ बजे स्थानीय डम्बरबहादुर पल्ली मगरको घरमा झ्याल-ढोका बनाउने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका हर्कबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।