काठमाडौँ । प्रतिनिधि सभाको दोस्रो बैठक जारी छ। यसअघि ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेलगत्तै सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
अहिले जारी दोस्रो बैठकमा आजको कार्यसूचीमा रहेको बजेट आश्रित अर्को महत्त्वपूर्ण विधेयकमाथि दफावार छलफल र पारित गर्ने प्रक्रिया अगाडि बढाइँदै छ।