arrow

पशुपति कोषले पायो नयाँ सदस्य सचिव

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २० शनिबार
pashupati-always-81-11-12.jpg
तस्बिर : फाइल

काठमाडौँ । सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव पदमा लेखक तीर्थप्रसाद श्रेष्ठलाई मनोनयन गरेको छ । 

कोष सञ्चालक परिषद्को अध्यक्ष रहेका मन्त्री खडकराज पौडेल (गनेस) को सिफारिसमा गत असार १७ र १८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार लेखक श्रेष्ठलाई सदस्य सचिव पदमा नियुक्त गरिएको मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । 

सदस्य सचिव श्रेष्ठले पदबहाली पनि गरेका छन् । पदबहालीपछि उनले पशुपतिनाथ मन्दिर दर्शनमा सहजीकरण, कोषका सबै काम कारबाहीमा पारदर्शिता र पशुपति क्षेत्रका धर्म, संस्कृति एवं परम्पराको संरक्षणमा काम गरिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ