arrow

नयाँ आर्थिक वर्षको पहिलो दिनf सेयर बजारमा बहार

नेप्से झण्डै ८० अङ्कले बढ्दा साढे चार अर्बमाथिको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १ शुक्रबार
nepse-building-81.jpg

काठमाडौँ । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक उच्च अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कको छलाङ मार्दै दुई हजार ६७७ दशमलव ५४ को बिन्दुमा पुगेको छ।

ठूला कम्पनीहरूको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव ५१ अङ्कले उकालो लागेर ४६८ दशमलव ३८ मा पुगेको छ। त्यस्तै, फ्लोट सूचक पाँच दशमलव ४५ अङ्कले बढेर १८४ दशमलव ०३ र सेन्सेटिभ फ्लोट सूचक चार दशमलव १३ अङ्कले वृद्धि भई १५८ दशमलव ५६ को बिन्दुमा पुगेको छ।

बजारमा उत्साह थपिँदा कारोबार रकमले पनि राम्रो गति लिएको छ। आज विभिन्न कम्पनीका कुल एक करोड तीन लाख ८९ हजार ७७ कित्ता सेयर चार अर्ब ५७ करोड ५० लाख ९४ हजार सात सय २३ रुपैयाँ मूल्यमा खरिद–बिक्री भएका छन्।

आजको कारोबारमा अधिकांश उपसमूहहरू हरियाली बनेका छन्। कारोबार भएका कुल १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक बढेको छ भने केवल एक उपसमूहको सूचकमा गिरावट आएको छ। बजारभरि कुल २५९ कम्पनीका लगानीकर्ताले कमाउँदा १३ कम्पनीको सेयर मूल्य घटेको छ भने दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

नेप्सेका अनुसार आज बजारमा श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, सूर्यकुण्ड हाइड्रोपावर र शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। अर्कातर्फ, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र फष्ट माइक्रोफाइनान्स आरबिबि लगायतका कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ