arrow

इरानी आक्रमणमा परी दुई अमेरिकी सैनिकको मृत्यु, एक जना अझै बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
missile-attack-iran-getty-images.jpg

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जोर्डनमा भएको इरानी आक्रमणमा परी दुई अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि गरेको छ। 

सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत शनिवार एक विज्ञप्ति जारी गर्दै इरानले गरेको ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमणको प्रतिकार गर्ने क्रममा ती सैनिकहरू मारिएको जनाएको हो।

उक्त भीषण आक्रमणका क्रममा एक अमेरिकी सैनिक अझै पनि बेपत्ता रहेको र उनको खोजी कार्य जारी रहेको सेन्टकमले उल्लेख गरेको छ।

आक्रमणमा परी घाइते भएका अन्य चार सैनिकलाई तत्काल उपचारका लागि जोर्डनका स्थानीय अस्पतालहरूमा भर्ना गरिएको थियो। उनीहरू आवश्यक उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। 

यसैगरी सोही आक्रमणमा सामान्य चोट लागेका अन्य सैनिकहरू भने प्राथमिक उपचारपछि पुनः आफ्नो नियमित सैनिक जिम्मेवारीमा फर्किसकेका छन्। 

खाडी क्षेत्रमा अमेरिका र इरानबीच तनाव उत्कर्षमा पुगेका बेला यो पछिल्लो सैन्य भिडन्त र क्षतिको विवरण सार्वजनिक भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ