arrow
ADVERTISEMENT

चिनियाँ राष्ट्रपति सी जिनपिङ अर्को हप्ता साउदी अरब जादै

logo
प्रकाशित २०७२ माघ २ शनिबार
ping.jpg.jpeg
बेइजिङ (चीन) । चीनका राष्ट्रपति सी जिनपिङले अर्को हप्ता साउदी अरब, इजिप्ट र इरानका लागि पाँचदिने भ्रमणमा जानु हुने भएको चीनको विदेश मन्त्रालयले शुक्रबार जनाएको छ । चीन अर्थतन्त्रका हिसाबले विश्वको दोस्रो शक्तिशाली राष्ट्र भएको र यसको विश्वका अन्य मुलुकसँगको कूटनीतिक सम्बन्ध थप मजबुत पार्ने उद्देश्यका साथ उहाँको भ्रमण तय विदेश मन्त्रालयले बताएको हो । पाँचदिने भ्रमणका क्रममा राष्टपति सीले मध्यपूर्वका तीन राष्ट्रको भ्रमण गर्ने कार्यक्रम तय भएको विदेश मन्त्रालयका प्रवक्ता लु काङद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा जनाइएको छ । 
 
चीनका राष्ट्रपति सीको मध्यपूर्वको भ्रमण सिरियामा जारी युद्धका कारण यो क्षेत्रमा परेको तनावका बीच हुने भएको छ । त्यस्तै साउदी अरबमा सिया धर्मगुरुलाई हालैका दिनमा दिइएको फाँसीको सजायपछि सिया समुदाय आफ्ना धर्मगुरुलाई फाँसी दिएपछि यसको प्रतिक्रियास्वरुप सिया धर्मावलम्बीले तेहरानस्थित साउदी अरबको राजदूतावास लुटपछि आगो लगाएका थिए । यसबाट साउदी अरब र तेहरानबीचको सम्बन्धमा समस्या उत्पन्न भएको छ । 
 
चीनमा मध्यपूर्वी मुलुकबाट खासगरी तेल आपूर्ति हुने गरेकोले बेइजिङ इन्धनका लागि मध्यपूर्वमा आश्रित रहँदै आएको छ । बेइजिङले यस क्षेत्रमा कूटनीतिक एवम् अन्य खालका विवाद समाधानमा लामो समयदेखि सहयोगीको भूमिका खेल्दै आएको छ । अहिले विशेषगरी सिरियामा जारी युद्ध र सङ्कटलाई समाधान गर्न चीनको भूमिका महत्वपूर्ण भएको र यसमा बेइजिङले आफ्नो पहल थाल्ने बताइएको छ । 
 
चीनको अर्थतन्त्र वृद्धिसँगै चीन इन्धन (तेल तथा ग्यास) आयातमा मध्यपूर्वी मुलुकसँग निर्भर बन्दै त्यहाँबाट इन्धन आपूर्तिमा वृद्धि गरेको छ । यसका लागि चीनले ‘एक क्षेत्र एक सडक’ को नीति लिँदै यसलाई सीको पहलमा बेइजिङको प्रभाव विस्तार गर्ने चीन अग्रसर भएको छ । सीले सन् २०१३ मा ल्याउनुभएको विदेश सम्बन्ध विस्तारसम्बन्धी नीतिद्वारा बेइजिङ मध्य एसियादेखि युरोपसम्म भौतिक संरचना तथा यातायात सञ्जाल निर्माणका लागि ऋण प्रवाह गर्दै यस क्षेत्रमा आफ्नो अस्तित्व देखाउने लक्ष्य लिँदै आएको छ । 
 
सीको मध्यपूर्वको भ्रमण र छलफल यस क्षेत्रको राजनीतिक सङ्कट समाधान गर्न महत्वपूर्ण रहने विश्वास लिइएको छ । यद्यपि चिनियाँ कूटनीतिज्ञले यसै हप्ता साउदी अरब र इरानबीच पछिल्लो समय विकसित भएको सम्बन्धलाई शान्त एवम् संयमित रुपमा हल गर्नुपर्ने बताएका थिए । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ