arrow

फ्रान्सेली राष्ट्रपतिद्वारा बुर्किनाफासोमा भएको आक्रमणको निन्दा

logo
प्रकाशित २०७२ माघ २ शनिबार
france-president.jpg.jpeg

पेरिस । फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले बुर्किनाफासोमा भएको आतङ्ककारी हमलाको निन्दा गर्नुभएको छ ।  बुर्किनाफासोमा अल कायदाका लडाकूहरुले शनिबार बिहान एक होटललाई घेरामा हाली त्यहाँ रहेका कम्तीमा पनि २० जनाको हत्या गरेका छन् । यस आक्रणमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको समाचार दुःखद भन्दै राष्ट्रपति अल्याण्डले सो आतङ्ककारी हमलामा सम्लग्नलाई कानुनी कठघरामा ल्याउन माग पनि गर्नुभएको छ । उहाँले सो आक्रमणलाई कायर घटनाको संज्ञादिँदै यस घडीमा आफू बुर्किनाफासो सरकार र त्यहाँका नागरिकको पक्षमा रहेको धारणा पनि राख्नुभएको छ । सो आक्रमणमा फ्रान्सेली सेनाले सहायता पुर्‍याइरहेको भन्दै आतङ्कवादका विरुद्धमा फ्रान्सले बुर्किनाफासोलाई पूर्ण रुपमा सहयोग र समर्थन रहेको धारणा पनि उहाँले राख्नुभयो । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ