arrow

जकार्तामा शान्तिका लागि र्‍याली तथ्यको नजिक पुगेको प्रहरीको दाबी

logo
प्रकाशित २०७२ माघ ३ आइतबार
jakarta-blasts-memorial-data.jpg.jpeg
जकार्ता । इस्लामिक स्टेट्स, आइएसद्वारा इन्डोनेसियाको राजधानी जकार्तामा बिहीबार शृङ्खलाबद्ध रुपमा विस्फोट गराई सातजनाको हत्या गरिएपछि जकार्तामा दिनहुजसो शान्तिका लागि र्‍यालीको आयोजना गरिएका छन् । शान्ति र सद्भाव कायम राख्न भन्दै विभिन्न संघ संस्था एवम् इन्डोनेसियाली नागरिकले ती र्‍यालीको आयोजना गरिएको हो । एकातर्फ सो हमलापछि इन्डोनेसियाली सरकारले उच्च सुरक्षा सतर्कता अपनाइरहेको छ भने अर्कातर्फ नागरिकले शान्ति र सद्भावका लागि देशव्यापी रुपमा आह्वान गरिरहेका बताइएको छ । 
 
यस घटनामा आइएसको हात रहेको भन्दै सेना परिचालन गरिएको छ । बिहीबार जकार्ताको मध्यसहरमा रहेका विभिन्न देशका दूतावासका साथै संयुक्त राष्ट्रसङ्घीय कार्यालयलाई नै लक्षित गरेर बन्दुक हमला गरिएको थियो । त्यसमा परी सात जनाको ज्यान जानुका साथै अन्य २० जना घाइते भएका थिए । त्यसपछि पनि सम्भावित हमला हुनसक्ने आशङ्कामा ठूलो सङ्ख्याका सेनालाई त्यसमा खटाइएको छ । 
 
इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले इन्डोनेसियामा बिहीबार भएको विस्फोटपछि सुरक्षाको अवस्था मूल्यांकन गरी थप सतर्कता अपनाउन निर्देशन दिनुभएको हो । उता सरकारले भने सबै नागरिकलाई शान्त र संयम रहन आग्रह गरेको छ । यस्तो आतङ्कबाट इन्डोनेसियाली सरकारलाई आफ्नो देश र जनताको सुरक्षा प्रदान गर्ने काममा कुनै पनि अवस्थामा बिचलित नबनाउन सरकरको भनाई छ । उता प्रहरीले सो घटनाको नजिकै पुगेको जनाएको छ । बिहीबारदेखि नै अनुसन्धान थालेको प्रहरीले सो आक्रमणमा सम्लग्न व्यक्तिहरुको बारेमा तथ्यमा पुग्न लागेको जानकारी दिएको हो । 
 
यसअघि पनि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा सो आक्रमण आइएसले गराएको बताएको थियो । प्रहरीले केही तथ्य र उक्त संगठनको पहिचान खुल्ने केही प्रमाणहरु फेला पारेको जनाएको हो । यसैबीच प्रहरीले राजधानी जाकार्तामा बिहीबार आत्मघाती बम हमला गर्ने योजनामा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरेका छन् । आक्रमणमा संलग्न पाँच जना आतङ्ककारीको परिचय खुलेको र अनुसन्धान अगाडी बढाइएको प्रहरीले शनिबार जानकारी दिएको छ । यसैगरी जकार्ता प्रहरीले हमलामा संलग्न पाँचैजनाको परिचय सार्वजनिक गरेको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ