arrow

यमनमा न्यायाधीशको हत्या

logo
प्रकाशित २०७२ माघ ५ मंगलबार
Situasi-Yaman-Saat-Ini.jpg.jpeg
आदेन । यमनी दक्षिणी नगर आदेनमा सोमबार एकजना न्यायाधीशको हत्या भएको समाचार छ । आतङ्कवादविरोधी एक स्थानीय अदालतका न्यायाधीशको सोमबार साँझ हत्या भएको समाचारमा जनाइएको छ । यमनमा जारी रहेको हत्या हिंसाको शृंखलाअन्तर्गत सोमबार सो हत्या भएको समाचारमा जनाइएको छ । अल कायदाका लडाकूहरुले न्यायाधीश हादी मुल्फीको हत्या गरेका हुन् । प्रहरीले सो हत्यामा अल कायदाकै हात रहेको जनाएको छ । तर यमनमा रहेको अल कायदाको समूहले भने यस विषयमा केही बताएको छैन । 
 
दक्षिणी यमनी नगर आदेनको मन्सुराह नगरमा उहाँको हत्या भएको बताइएको छ । प्रहरीले मोटरसाइकलमा आएका दुई जनाले उनको हत्या गरेर भागेका प्रत्यक्षदर्शीले जनाएका हुन् । आदेनका अधिकारीहरुले सो नगरमा मोटरसाइकलमा आवतजावतका लागि प्रतिबन्ध लगाएको केही घन्टापछि नै मोटर साइकलमा आएका बन्दुकधारीले उहाँको हत्या गरेका हुन् । गएका केही दिनयता आदेनमा यस्ता हत्याका घटना हुने गरेका छन् । मोटर साइकलमा आएका बन्दुकधारीले हत्या गरेर भाग्ने गरेकोले प्रहरीले मोटर साइकल चढ्न रोक लगाएको थियो । सो हत्यापछि प्रहरीले उक्त नगरको सुरक्षा व्यवस्था निकै कडा परेको छ । ठूलो सङ्ख्याका प्रहरी र सेना सडकमा खटाइएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ