arrow

एनपी साउँदका बागी जति सबै फिर्ता, जीतका लागि थप सहज

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
saud.jpg

कञ्चनपुर ।  नेपाली कांग्रेसका प्रभावशाली नेता एनपी साउँदलार्इ चुनावी मैदान सहज बनेको छ । आगामी मंसिरमा २१ मा हुने दोस्रो चरणको प्रतिनिधि सभाका लागि कञ्चनपुर क्षेत्र नम्बर दुर्इमा प्रत्यक्ष उम्मेदवार बनेका साउँका विरुद्ध  कार्तिक १६ गते बागी उम्मेदवारी दिएका तीनै जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

नेपाली कांग्रेसको पकड क्षेत्र मानिने कञ्चनपुरमा कांग्रेसबाटै दुर्इ उम्मेदवार हुँदा समस्यामा परेका साउँदको बाटो खुला भएको छ । क्षेत्र नम्बर दुर्इबाट प्रतिनिधि सभाका लागि बागी उम्मेदवारी दिएका सिद्धराज भट्ट, प्रदेश सभा क का लागि उम्मेदवारी लिएका बलराम पन्त र ख का तुलाराम साहुले आइतबार अपरान्ह १२ बजे निर्वाचनमा कार्यलयमा गएर उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

बागी उम्मेदवारी फिर्तासँगै साउँद सेफ ल्याण्डिङ भएका छन् । २०७० मा सम्पन्न संविधान सभाको निर्वाचनमा जित हात पारेका साउँदले कञ्चनपुरमा थुप्रै विकास निर्माणका कामहरु गरेकोले जनताले मत लिने विश्वास व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसले कञ्चनपुर क्षेत्र नम्बर दुर्इमा प्रतिनिधि सभाका लागि एनपी साउँद र प्रदेश क मा पुष्करनाथ ओझा र ख मा पूर्व सांसद बहादुर सिंह थापा चुनावी मैदानमा छन् । नेपाली कांग्रेसलार्इ राप्रपाको पनि साथ रहेको छ । यसअघि २०७० को स‌ंवधान सभा निर्वाचनमा कञ्चनपुरका चारवटै क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको थियो । कञ्चनपुर नेपाली कांग्रेसका लागि अनुकुल क्षेत्र मानिन्छ ।

कञ्चनपुर क्षेत्र नम्बर दुर्इमा वाम गठबन्धनबाट नेकपा एमालेका नेता नरबहादुर धामी उम्मेदवार बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ