arrow

बन्दुकधारीद्वारा पाकिस्तानको एक विश्वविद्यालयमा आक्रमण

एकजना प्राध्यापकको हत्या, अरु कैयौँ विद्यार्थी घाइते

logo
प्रकाशित २०७२ माघ ६ बुधबार
pakistan.jpg.jpeg
पेसावर (पाकिस्तान) । उत्तरपश्चिमी पाकिस्तानी सहर पेसावरको एक विश्वविद्यालयमा बुधबार बन्दुकधारीहरुले आक्रमण गरी एकजना प्राध्यापकको हत्या गरेका छन् ।  उनीहरुले बुधबार बिहान गरेको सो बन्दुक हमलामा परी कम्तीमा पनि एकजना प्राध्यापकको ज्यान दिएका बताइएको छ । मारिने प्राध्यापक केमिस्टिका प्राध्यापक र सो बिभागका प्रमुख हुन् । यसमा दर्जनौँ विद्यार्थी घाइते भएका छन् । घाइते हुनेको सङ्ख्या अझै स्पष्ट हुन सकिरहेको छैन । पाकिस्तानी प्रहरी अधिकारीहरुले अहिले पनि उक्त विश्वविद्यालयमा बन्दुकधारीहरुले हमला जारी नै राखेका छन् ।  केही स्थानीय समाचारमाध्यमहरुले उक्त हमलाबाट आक्रमणमा आएका तीनजना हमलाकारी मारिएको जनाएका छन् । तर पनि अहिले पनि सो क्याम्पस हातामा भिडन्त जारी नै रहेकोले यस समाचारको पुष्टि हुन सकिरहेको छैन । 
 
सो हमलामा परी यसअघि तीनजना विद्यार्थी मात्र घाइते भएका बताइएको भएपछि पछिल्लो समाचारमा यो सङ्ख्या निकै धेरै रहेको जनाइएको छ । बन्दुकधारीले बुधबार बिहान अकस्मात विश्वविद्यालय क्याम्पसमा बन्दुक हमला गरी अकस्मात भागाभाग गराएका थिए । पेसारवर नगरबाट ५० किलोमीटर पर रहेको नगर चारसद्दामा रहेको बचाखान विश्वविद्यालयको क्याम्पसमा सो हमला भएको उक्त विश्वविद्यालयका उपकुलपति फजाल रहिम मारवातले जानकारी दिनुभएको हो । विश्वविद्यालय क्याम्पसको दक्षिणी क्षेत्रबाट बन्दुकधारीहरु प्रवेश गरेका थिए । उनीहरु प्रवेश गरेपछि नै बन्दुक हमला थालेका थिए । 
 
सो बन्दुक आक्रमणमा परी विश्वविद्यालयका चारजना सुरक्षा गार्ड र अरु तीन जना विद्यार्थी घाइते भएका बताइएको छ । सो हमलापछि क्याम्पसमा प्रहरी पुगेका थिए । घाइते हुनेमा केही प्रहरी पनि परेका छन् । साथै केही बन्दुकधारी नै मारिएको बताइएपछि यस समाचारको पुष्टि हुन भने सकेको छैन । सो क्याम्पसमा छात्राहरु पनि अध्ययनरत छन् । तर उक्त विश्वविद्यालयमा आक्रमणका लाग यसअघि कुनै पनि समूहले धम्की नदिएको अधिकारीहरुले जनाएका छन् । आक्रमणको विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ । सो आक्रमणबाट विद्यार्थीहरुमा बिहानैदेखि कोलाहल मच्चिएको पेसावरबाट प्राप्त समाचारमा जनाइएको छ । प्राप्त एक समाचारअनुसार सो विश्वविद्यालयमा कम्तीमा पनि तीन हजार जना विद्यार्थी अध्ययनरत रहेको अनुमान गरिएको छ । 
 
पेसावरमा यस्ता आक्रमण विगतदेखि हुदै आएको छ । पेसावरका विद्यालय एवम् विश्वविद्यालयमा यसरी विद्यालयमा हमला हुने गरेको छ । गत वर्षपनि पेसावरकै एक विद्यालयमा भएको हमलामा परी १३४ जना बालबालिकासहित कम्तीमा पनि १५० जनाको ज्यान गएको थियो । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ