arrow

बुर्किनाफासो होटेल आक्रमणमा ६ आतङ्ककारी रहेको पुष्टी

logo
प्रकाशित २०७२ माघ ७ बिहिबार
france-president.jpg.jpeg
पेरिस । बुर्किनाफासोको एक होटलमा गत शुक्रबार भएको आक्रमणमा ६ जना आतङ्ककारी रहेका फ्रान्सका प्रधानमन्त्री म्यानुएल भलास्ले बताउनुभएको छ । प्रधानमन्त्री म्यानुएल भलास्ले फ्रेन्च राष्ट्रियसभामा प्रहरीले गरेको कारबाहीमा तीन आतङ्ककारी मारिएका र तीन जनाको अवस्था भने अज्ञात रहेको बताउनुभएको हो । यस आक्रमणमा परी कम्तीमा ३० जनाको ज्यान गएको छ । यस आक्रमणको अल कायदासँगआवद्ध अलकायदा इन द माग्रेब (आईक्यूआईएम) ले दाबी गरेका थिए । 
 
आईक्यूआईएमले बुर्किनाफासोको राजधानीमा रहेको स्पेन्डिड् होटललाई कब्जा लिएर आक्रमण गरेका थिए । आतङ्ककारी समूह आईक्यूआईएमले होटेल कब्जामा लिँदा अपहरणमा परेकामध्ये १२६ जनालाई सुरक्षाबलले मुक्त गरेका थिए । आक्रमणको क्रममा तीन जना आतङ्ककारीको मृत्यु भएको पुष्टि गरिएको थियो । यस आक्रमणमा मारिनेहरूमा १० जना विदेशी नागरिक रहेका छन् । विदेशी नागरिकहरूमा छ जना क्यानाडाली, दुई जना फ्रेच, दुई स्वीस नागरिक रहेको समाचारमा जनाइएको थियो । 
 
यस आक्रमणको संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लगायत अन्तराष्ट्रिय समूदायले निन्दा गरेको छ । त्यस आक्रमणमा परी अन्य दर्जनौँ व्यक्ति घाइते भएका थिए । घाइतेमध्ये अधिकांशलाई गोली लागेको थियो । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ