arrow

म्यानमारमा १०१ जना राजनितिक बन्दीहरु मुक्त

logo
प्रकाशित २०७२ माघ ८ शुक्रबार
Flag_Myanmar.jpg.jpeg
याङ्गुन। म्यानमार सरकारले शुक्रबार देशको विभिन्न कारागारमा रहेका १०१ जना राजनितिक बन्दीहरुलाई मुक्त गरेको समाचार छ । 
 
राष्ट्रपति कार्यालयले गरेको निर्णयअनुसार सो राजनितिक बन्दीहरु मुक्त भएका बताइएको छ । आगामी फेब्रुअरीमा हुन गई रहेको संसदको पहिलो अधिवेशनभन्दा अगाडी ती राजनितिक बन्दीहरु मुृक्त भएका हुन । 
गत नोभेम्बर ८ मा भएको आमनिर्वाचनपछि संसदको पहिलो अधिवेशन हुन गई रहेको बताइएको छ । 
 
यसरी राजनितिक बन्दी मुक्त कार्यबाट सामाजिक सङ्गठनलगायत व्यक्तिगत रुपमा पनि स्थायित्व हुने जनाइएको छ । साथै राष्ट्रिय मेलमिलाप र राजनितिक सहभागीतामा बृद्धि हुने सरकारी अधिकारीद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । 
 
म्यानमार सरकारले विभिन्न अपराधलाई क्षमा गर्दै गत जुलाईदेखि हालसम्म ६ हजार ९६६ जना राजनितिक बन्दीहरुलाई मुक्त गरिसकेको छ । यसमा २१० जना विदेशी नागरिकसमेत रहेका छन् । रासस- एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ