arrow

देशभरिका विद्यालयमा आक्रमण गर्ने तालिवानको धम्की

logo
प्रकाशित २०७२ माघ ८ शुक्रबार
तालिवान.jpg.jpeg
इस्लामावाद । पाकिस्तानी तालिवानको एक समूहले शुक्रबार सार्वजनिक गरेको एक भिडियोमा उनीहरुले पाकिस्तानका थप विद्यालयहरुमा पनि आक्रमण गर्ने धम्की दिएका छन् । उनीहरुले हालैमात्र पेसावरको एक विश्वविद्यालयमा हमला गरी २१ जनाको ज्यान लिएका थिए । त्यसमा अधिकांश विद्यार्थी परेका थिए । सो हमलाको दुई दिनपछि उनीहरुले शुक्रबार सार्वजनिक गरेको एक भिडियोमा सो धम्की दिएका जनाइएको छ । 
 
पाकिस्तानी तालिवानको एक समूह तेहरिक ए तालिवान (टीटीपी) ले हालै विश्वविद्यालयमा गरिएको सो आक्रमणको जिम्मेवारी लिएको थियो । सोही समूहले शुक्रबार जारी गरेको एक भिडियोमा पाकिस्तानका थप विद्यालय एवम् विश्वविद्यालयमा हमला गर्ने चेतावानी दिएको हो । पेसावरको चारसद्दा जिल्लामा रहेको बचाखान विश्वविद्यालयमा भएको सो हमलाको जिम्मेवारी लिँदै उक्त अतिवादी समूहले अल्लाहको कानुनलाई चुनौती दिने विद्यालयमा हमला गर्ने जनाएका हुन् । 
 
गत वर्ष पनि यही अतिवादी समूहले नै गरेको आक्रमणमा परी १३५ जना बालबालिकाको ज्यान गएको थियो । विद्यालयमा गरिएको सो हमलामा परी १५० जना मारिएका थिए । उक्त भिडियोमा टीटीपी समूहका प्रवक्ता भनिएका मन्सुर भन्ने व्यक्तिले विद्यालय र विश्वविद्यालयमा उत्पादन हुने व्यक्तिहरु अल्लाहको कानुनका उल्लङ्घनकर्ता र मुस्लिम धर्मविरोधी भएकोले सो हमला गरिएको बताएका छन् । 
 
यस भिडियोमा उनले सो हमलाको कुनै निश्चित स्थान नदिइकनै देशभरिका विद्यालयमा हमला गर्ने जानकारी दिएका छन् । त्यस भिडियोको आधिकारिकताका बारेमा सरकारी अधिकारीहरुले भने केही बताएका छैनन् । उनीहरुले यसअघि नै उक्त हमलामा सम्लग्नलाई व्यापक मात्रामा खोजिगरिएको र उनीहरुमाथि सशक्त कारबाही हुने जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ