arrow

भारतमा गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सुरक्षा व्यवस्था कडा

logo
प्रकाशित २०७२ माघ ८ शुक्रबार
भारतमा-गणतन्त्र-दिवस.jpg.jpeg
नयाँ दिल्ली। भारतमा यही जनवरी २६ मा आयोजना गरिने गणतन्त्र दिवसको विशेष कार्यक्रममा आक्रमण हुनसक्ने आशङ्कामा सुरक्षा व्यवस्था कडा पारिएको समाचार छ । भारतमा जनवरी २६ मा पर्ने गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने गरिन्छ । सोही समारोहलाई लक्ष्यगरी सुरक्षामा कडाई गरिएको हो । 
 
सो समारोहमा सहभागी हुन आउने विदेशी व्यक्तित्व एवम् देशका प्रमुख व्यक्तिहरुको सहभागितालाई मध्यनजर गरी विशेष सुरक्षा व्यवस्था अपनाउने गरिन्छ । सोही कारणले पनि नयाँ दिल्लीलगायत विभिन्न प्रमुख सहरमा सुरक्षा व्यवस्था कडा पारिएको बताइएको समाचारमा उल्लेख छ । राष्ट्रिय अनुसन्धान निकाय, नेसनल इन्भेस्टिगेसन एजेन्सीले देशव्यापी रुपमा सुरक्षाको कडा प्रबन्ध गरेको जनाएको हो । 
 
देशमा प्रजातान्त्रिक संविधान जारी भएपछि सन् १९५० देखि भारतले गणतन्त्र दिवस मनाउन थालेको हो । उक्त निकायका प्रवक्ता एसके सिंहले भन्नुभयो– हाम्रो कारबाही अभियान सशक्त रुपमा अघि बढिरहेको छ र यस अनुसन्धानका क्रममा देशव्यापी रुपमा कैयौँ सङ्कास्पद व्यक्ति पक्राउ परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ