arrow

चीनमा सरकारको विरोध गर्नेलाई १९ वर्ष जेल

logo
प्रकाशित २०७२ माघ ८ शुक्रबार
चीनमा-सरकार.jpeg
बेइजिङ। चिनियाँ कम्युनिष्ट पार्टीको विरोध गर्ने एकजना चिनियाँ अधिकारवादीलाई १९ वर्षको जेल सजाय सुनाइएको समाचार छ । उनले चिनियाँ कम्युनिष्ट पार्टी, सत्तारुढ दलको आलोचना गरी इन्टरनेटमा सामग्री पोस्ट गरेको आरोप लगाइएको छ । उनी चीनको उत्तरपश्चिमी क्षेत्र सिनजियाङका एकजना अधिकारवादी हुन् । 
 
उनले विदेशी मिडियालाई पनि सरकारको विरोधमा अन्तरवार्ता दिएको आरोप सरकारको छ । चीनको क्षेत्रीय एक अदालतले सरकारले उनीमाथि लगाएको आरोप प्रमाणित भएको भन्दै १९ वर्षको जेल सजाय सुनाएको बताएको छ । अधिकारवादी जाङ हाइतोलाई सो जेल सजाय सुनाइएको समाचारमा जनाइएको छ । चीनले सरकारको विरोध गर्ने अधिकारवादीलाई यसअघि पनि बारम्बार जेल सजाय सुनाउने गरेको छ । चीनको सो सिन्जियाङ प्रान्तमा पछिल्ला वर्षहरुमा समस्या देखिएको छ । त्यहाँ भड्किने गरेको हिंसाका कारण कैयौँको ज्यान जाने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ