arrow

बम राखेको आशङ्कामा विमान आकस्मिक अवतरण

logo
प्रकाशित २०७२ माघ ९ शनिबार
go-air-airlines.jpg.jpeg
नयाँ दिल्ली । शनिबार बिहान पूर्वीभारतको भुबनेश्वरबाट मुम्बाईतर्फ आइरहेको एक विमानमा बम राखेको समाचार प्राप्त भएपछि मध्यभारतीय राज्य नाग्पुरमाआकस्मिक अवरतरण गर्नुपरेको समाचार छ । भारतको स्थानीय सञ्चार माध्यमले शनिबार नै सो जानकारी दिएको छ । 
 
‘गोएयर’ नामक विमानमा सवार रहेका सबै यात्रुलाई विमानबाट उतारिएको र कोही यस्तो आशङ्कित व्यक्ति उक्त विमानमा नभेटिएको बताइएको छ । भारतमा आगामी २६ जनवरीमा हुन गइरहेको गणतन्त्र दिवस अगाडि आतङ्ककारी आक्रमणबाट बच्नको शतर्कता अपनाइएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ