arrow

फ्रान्सेली राष्ट्रपति अल्याण्ड आइतबार भारत आउदै

विमान खरिदका लागि समय लाग्नसक्ने राष्ट्रपति अल्याण्डको भनाई

logo
प्रकाशित २०७२ माघ १० आइतबार
france-president.jpg.jpeg
नयाँ दिल्ली । फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले भारतले फ्रान्ससँग किन्ने भनेको जेट विमानको खरिदका लागि आवश्यक सम्झौता गर्न समय लाग्ने बताउनुभएको छ ।  भारतले फ्रान्ससँग ३६ वटा नयाँ युद्धक विमान किन्ने विषयमा वार्ता सुरु गरेको थियो । तर पनि ती विमान किन्ने अन्तिम सम्झौताका लागि भने समय लाग्ने जानकारी उहाँले दिनुभएकोे हो । उहाँ आइतबारै भारतको तीन दिने भ्रमणका लागि नयाँ दिल्ली आउदै हुनुहुन्छ ।
 
नयाँ दिल्ली आउनुअघि भारतीय समाचार समिति, प्रेस ट्रष्ट अफ इन्डियालाई दिनुभएको अन्तरवार्तामा सो धारणा राख्नुभएको हो ।  उहाँले भन्नुभयो– एक चरणको प्रक्रिया सुरु भएको हो र प्राविधिक रुपमा काम सम्पन्न हुन समय लाग्छ । तर प्रक्रिया भने पछि नहटेको उहाँले जानकारी दिनुभयो ।  साथै राष्ट्रपति अल्याण्डले ती विमान किन्ने विषयमा कुराकानी भइरहेको भएपनि पछिल्लो समयमा प्रगति भने हुन नसकिरहेको पनि जानकारी दिनुभयो । 
 
राष्ट्रपति अल्याण्ड आगामी जनवरी २६ मा मनाइने भारतीय स्वतन्त्रता दिवसमा प्रमुख आतिथ्यताका लागि आइतबारै भारत आइपुग्नुहुने जनाइएको छ ।  भारतले मनाउने यस दिवसमा प्रत्येक वर्ष विभिन्न विदेशी नेताहरुलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्ने गर्छ । यस पटक उहाँलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको हो ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष फ्रान्सको राजधानी पेरिसमा भारतले फ्रान्ससँग अत्याधुनिक जेट किन्न चाहेको जानकारी दिनुभएको थियो । 
 
उहाँले भारतले आफ्नो सैनिक संगठनलाई छिमेकी देशहरु पाकिस्तान र चीनको तुलनामा बलियो र अत्याधुनिक बनाउन चाहेकोले ती लडाकू बिमानहरु किन्न लागेको जानकारी दिनुभएको थियो ।  यस नयाँ सम्झौताका कारण फ्रान्स र भारतबीचको सम्बन्धमा आगामी कैयौँ वर्षसम्मका लागि प्रगाढ हुने विश्वास लिइएको धारणा पनि राख्नुभएको थियो । 
 
सुरक्षामा कडाई 
यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार भारतमा यही जनवरी २६ मा आयोजना गरिने गणतन्त्र दिवस विशेष समारोहलाई मध्यनजर गरी सुरक्षा व्यवस्थामा निकै कडाई गरिएको समाचारमा जनाइएको छ । हरेक वर्ष भारतमा मनाइने यस गणतन्त्र दिवसको कार्यक्रममा आतङ्ककारी आक्रमण हुनसक्ने भन्दै सुरक्षामा कडाई गर्ने गरिएको हो ।  सोही समारोहलाई लक्ष्यगरी सुरक्षामा कडाई गरिएको भारतीय अधिकारीहरुले जनाएका छन् । सो समारोहमा सहभागी हुन आउने विदेशी व्यक्तित्व एवम् देशका प्रमुख व्यक्तिहरूको सहभागितालाई मध्यनजर गरी विशेष सुरक्षा व्यवस्था अपनाउने गरिन्छ । 
 
नयाँ दिल्लीलगायत विभिन्न प्रमुख सहरमा राष्ट्रिय अनुसन्धान निकाय, नेसनल इन्भेस्टिगेसन एजेन्सीले देशव्यापी रूपमा सुरक्षाको कडा प्रबन्ध गरेको जनाएको हो ।  देशमा प्रजातान्त्रिक संविधान जारी भएपछि सन् १९५० देखि भारतले गणतन्त्र दिवस मनाउन थालेको हो । रासस÷एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ