arrow

मेक्सिकोमा भएको पत्रकार हत्याको रिपोर्टर्स् विदाउट बोर्डरद्वारा निन्दा

logo
प्रकाशित २०७२ माघ १६ शनिबार
RSF-Logo-English.jpg.jpeg
मेक्सिको सिटी । मेक्सिकोमा हालै भएको पत्रकार हत्याको पत्रकारिताका अन्तर्राष्ट्रिय संघ संस्थाहरुले व्यापक विरोध र निन्दा गरेका छन् ।पत्रकार र पत्रकारिता अधिकारसमबन्धी एक अन्तर्राष्ट्रिय संस्था रिपोर्टर्स् विदाउट बोर्डरले मेक्सिकोमा भएको सो पत्रकार हत्याको विरोध र निन्दा गरेको हो । पत्रकारहरुमाथि भएको यो पछिल्लो हत्या हिंसाको कार्य निन्दनीय छ भन्दै यस्तो हिंसाले व्यक्तिको ज्यानजाने मात्र नभई नागरिकको विचार अभिव्यक्तिको स्वतन्त्रताकै हनन् भएको सो संस्थाले बताएको छ । पत्रकारमाथि हुने यस्ता हत्या हिंसाको तुरुन्त अन्त्यका लागि पनि उक्त संस्थाले सबैसँग आग्रह गरेको छ । 
 
मेक्सिकोको दक्षिणी नगर ओक्साकामा हालै दुई जना सम्वाददाताको हत्या भएको थियो । मेक्सिको विश्वमा धेरै पत्रकार मारिने देशमा पर्दछ । विशेषगरी लागू औषधको मुद्दामा प्राय हिंसा भइरहने सो देशमा पत्रकारहरु पनि मारिने गरेका अधिकारीहरु बताउछन् । उक्त संस्थाले सो नगरमा यही जनवरी २१ मा पत्रिकाका एकजना ३८ वर्षीय सम्वाददाता र रेडियोका अर्का ४३ वर्षीय सम्वाददाता मारिएको बताएको छ । 
 
ती पत्रकारका हत्यारालाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न र आगामी दिनमा पत्रकारमाथि हुने गरेका यस्ता हिंसाको अन्त्यका लागि सचेत रहन उक्त संस्थाले मेक्सिकन सरकारलाई आग्रह पनि गरेको छ । उक्त संस्थाले गरेको अनुमान अनुसार मेक्सिकोमा सन् २००० देखि यता करिब ८९ जना पत्रकार मारिएका छन् भने अरु करिब १७ जना बेपत्ता रहेका छन् । गएका केही वर्षयतादेखि विश्वमा पत्रकारहरुमाथि हिंसा बढेको छ । यसरी मारिने पत्रकारमा धेरैजसो मेक्सिकोका हुने गरेको बताइन्छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ