arrow

टर्कीमा तेत्तीस शरणार्थीको डुबेर मृत्यु

logo
प्रकाशित २०७२ माघ १६ शनिबार
turkey.jpg.jpeg
टर्की । विभिन्न मध्यपूर्वी मुलुकबाट शरणार्थीको रुपमा युरोप जाने क्रममा कम्तिमा ३३ आप्रवासीको शनिबार टर्कीको सीमा क्षेत्रमा पर्ने समुद्री इलाकामा डुबेर मृत्यु भएको छ । टर्कीको राज्यद्वारा सञ्चालित समाचार संस्था, एनाटोलियाका अनुसार उनीहरु सिरिया, म्यानमार, अफगानिस्तान तथा अन्य मध्यपूर्वी मुलुकबाट टर्कीको बाटो हुँदै ग्रीस हिँडेका थिए । 
 
टर्कीको कानाकाल प्रान्तबाट ग्रीसको लेसबसस्थित एक टापु पुग्ने लक्ष्यका साथ डुङ्गामा हिँडेका थिए । भारबहन शक्तिभन्दा बढी यात्रु लिएर ग्रीसका लागि छुटेको र डुङ्गाले अत्यधिक भारका कारण नियन्त्रण गुमाउँदा समुद्रमा डुबेको प्राप्त समाचारमा जनाएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ