arrow

काश्मिरी विद्रोही समूहलाई सहयोग नगर्न पाक संसदको सरकारलाई सुझाव

logo
प्रकाशित २०७२ माघ १९ मंगलबार
pakistan.png.png
इस्लामावाद (पाकिस्तान)। पाकिस्तानको एक संसदीय समितिले सरकारलाई सीमा क्षेत्रमा विद्रोही समूहलाई उत्तेजित पार्ने किसिमको कुनै सहयोग नगर्न निर्देशन दिएको छ । पाकिस्तानको विदेश मामिला हेर्ने नेसनल एसेम्ब्ली स्टान्डिङ कमिटीले सोमबार कश्मिरका सम्बन्धमा चार पृष्ठ लामो निर्देशन जारी गरेको यहाँको एक्सप्रेस ट्रिबुनको मङ्गलबारको अङ्क प्रकाशन गरेको छ । 
 
संसदले काश्मिरमा भएका गतिविधिमाथि अन्तर्राष्ट्रिय चासो बढेको बताउँदै कुनै पनि समूहलाई गैरकानुनी सहयोग पुग्ने किसिमका सहयोग नगर्न निर्देशन जारी गरेको हो । पाकिस्तान सरकारले काश्मिरका सशस्त्र, प्रतिबन्धित, विद्रोही समूहलाई भारत–पाकिस्तान सम्बन्धमा समस्या आउने गरी सघाएको भन्ने कुरामाथि अन्तर्राष्ट्रिय समुदायबाट चासो व्यक्त गरिँदै आएको छ । पाकिस्तानलाई आफू विरोधी गतिविधिमा काश्मिरस्थित केही समूहहरू सक्रिय रहेको जनाउँदै इस्लामाबादले त्यस्ता गतिविधि नियन्त्रण गरोस् भनी भारतले निरन्तर पाकिस्तानमाथि दबाब दिँदै आएको छ । पीटीआई 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ