arrow

पिआइएलाई निजीकरण गर्ने सरकारको निर्णयका विरुद्ध चौथो दिन पनि हवाई सेवा बन्द

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
PIA.jpg.jpeg
कराची । पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक बिमान सेवा पिआइएका कर्मचारीले गरेको आन्दोलनका कारण शुक्रबार चौथो दिन पनि उड्डयन सेवा अवरुद्ध भएको छ । पाकिस्तानी राष्ट्रिय एयरलाइन्स् पिआइएलाई निजीकरण गर्ने सरकारको निर्णयका विरुद्धमा सो आन्दोलन सुरु भएको हो । 
 
शुक्रबार पनि सो एयरलाइन्स्का राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उड्डयनहरु रद्द गरिएका छन् । अधिकारीले कर्मचारीको आन्दोलन कै कारण ती उड्डयन बन्द गरिएको जनाएका छन् । जसका कारण कराची, इस्लामावादलगातका कैयौँ विमानस्थलमा हजारौँको सङ्ख्यामा यात्रु भौतारिइरहेका बताइएको छ । 
 
कराची विमानस्थलबाट पिआइएको विमान नउडेपछि आफुलाई निकै मर्का परेको दुबईमा कामगर्ने एकजना यात्रु सउल्मा जियाले प्रतिक्रिया दिए । उनले भने– म बिहानैदेखि यतै छु, म आज नै दुबई पुग्नुपर्ने थियो तर पनि दिइएन । मैले निजी विमान सेवाबाट जान्छु भन्दा पनि विमानबाट मेरो झोला नै झिक्न दिइएन । सरकारले सो विमानसेवालाई निजीकरण गर्ने निर्णय गरेको थियो । सो निर्णयका बारेमा उक्त विमान सेवामा कार्यरत कर्मचारीले आन्दोलन गरी विमान उड्न दिएका छैनन् । 
 
सरकार आफ्नो निर्णयबाट पछि हट्न नमान्ने र कर्मचारीले पनि आन्दोलन नरोक्ने भएपछि आगामी कति दिनसम्म यो आन्दोलन जारी रहने हो भन्ने विषयमा केही भन्न सकिने स्थिति नरहेको अधिकारीहरुको भनाइ छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ