arrow

चेयरम्यान बने डिएगो म्याराडोना

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
maradona.jpg

काठमाडौं । चर्चित फुटबल स्टार डिएगो म्याराडोना बेलारुसको फुटबल क्लव डाइनामो बे्रष्टका चेयरम्यान भएका छन् । उनलाई क्लवले प्रमुखको जिम्मेवारी सुम्पेको हो । 

युएईको फुटबल प्रशिक्षकको भूमिका छाडेको केही समयमै म्याराडोनालाई बेलारुस जाने अवसर मिलेको हो । 

युएईले उनको कार्यकाल नथपेपछि खाली रहेका थिए । तर उनी धेरै खाली हुनै परेन । काम पाइहाले । रुस विश्वकप सकिएपछि उनले ब्रेष्टमा काम सम्हाल्नेछन् । 

म्याराडोनाले अब डाइरेक्टरको बक्समा गएर आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । ५७ वर्षीय म्याराडोनाले इन्स्टाग्राममा फोटो पोष्ट गर्दै भनेका छन्, ‘विश्वास र मप्रतिको सोचप्रति धन्यबाद ।’ 

म्याराडोना तीन वर्षका लागि ब्रेष्टमा रहने पत्रमा सम्झौता भएको छ । 

Diego Maradona signs his deal with Belarusian club Dinamo Brest after agreeing terms

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ