arrow

रुस विश्वकप फुटबलः एल्भासको स्थानमा फाग्नर

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
fagner.jpg

काठमाडौं । विश्वकप फुटबल आउन अब एक महिनाभन्दा कम समय बाँकी रहेको अवस्थामा रुसमा हुने यो प्रतियोगिताको लागि खेलाडी छनोटको क्रम पनि सुरु भइसकेको छ । यसैबीच छ पटकको विजेता ब्राजिलले पनि आफ्ना खेलाडीहरु छनोट गरेको छ । 

सोमबार ब्राजिलले विश्वकप खेल्ने २३ जना खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । यो टोलीमा कोरिन्थियन्स राइट ब्याक फाग्नरले पनि मौका पाएका छन् । ब्राजिलको ड्यानि एल्भास घाइते भएको कारण उनले स्थानमा फाग्नरले मौका पाएका हुन् । २८ वर्षीय ब्राजिलियन खेलाडीको लागि यो निकै महत्वपूर्ण अवसर पनि हो । 

ब्राजिलको टोलीको घोषणा हुँदाको समयमा उनी यो नतिजाको व्यग्रताको साथमा प्रतीक्षा गरिरहेका थिए । ब्राजिलको डिफेन्सको सूचीमा फाग्नरको नाम पनि अटाएको हो । यससँगै ब्राजिलको डिफेन्समा फिलिप लुइज, मार्सेलो र माक्र्विनोजजथस्ता खेलाडीहरु रहेका छन् । 

फाग्नरले यसअघि पनि ब्राजिलको टोलीको प्रतिनिधित्व गर्दै महत्वपूर्ण प्रतियोगिताहरुमा सहभागिता जनाइसकेका छन् । पीएसजीको लागि खेल्दै आएका राइट ब्याक ड्यानि एल्भास घाइते भएको कारण उनको स्थानमा फाग्नरलाई मौका मिलेको हो । एल्भास घुँडाको चोटका कारण रुस नजाने भएका हुन् ।  

फाग्नरले विश्वकपमा छानिएपछि परिवारसंग खुशी पनि मनाएका छन् । 

Corinthians right back Fagner watches Brazil coach Tite announce the World Cup squad

After being named in the 23-man squad, Fagner's watching family and friends celebrate

Fagner - who has four Brazil caps - is embraced after learning he is going to the World Cup



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ