arrow

जर्मनीले गर्‍यो विश्वकपको प्रारम्भिक टोलीको घोषणा, को को परे ? 

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
Germany_WC_2014.jpg

काठमाडौं । विश्वकप २०१४ को विजेता टोली जर्मनीले पनि रुस विश्वकपको लागि प्रारम्भिक टोलीको छनोट गरेको छ । जर्मनीले २७ सदस्यीय टोलीको घोषणा गरेको हो । 

अहिले घोषणा गरिएको टोलीमा गोलकिपर म्यानुअन नोयर अटाएका छन् । गएको सेप्टेम्बर महिनायता उनको खासै चर्चा नभएको भए पनि टोलीमा उनलाई समावेश गरिएको हो । 

विश्वकपमा समूह 'एफ'मा रहेको जर्मनले मेक्सिको, स्वेडेन र दक्षिण कोरियाको सामना गर्ने छ।

ब्राजिलमा भएको सन् २०१४को विश्वकपमा गोल गरेका मारियो गोट्जे भने टोलीबाट बाहिरिएका छन् । पछिल्लो १८ महिनायता उनको स्वास्थ्य राम्रो अवस्थामा नरहेको कारण उनले रसियाको विश्वकप गुमाउने भएका हुन् । 

जर्मनीको लागि यसपटक पनि जोचिम लो टोलीको प्रशिक्षकको रुपमा रहने छन् ।  उनले कतार विश्वकपसम्मका लागि जर्मनीको प्रशिक्षकको रुपमा रहने गरी जर्मनीको फुटबल संघसँग सम्झौता पनि गरेका छन् । 

प्रशिक्षक  लोले सन् २००६ चारपटकको विश्वविजेता टोलीको प्रशिक्षकको रुपमा नेतृत्व गरिरहेका छन् । उनी सन् २००६ मा सहायक प्रशिक्षकको रुपमा आएका थिए । अन्तिम २३ खेलाडीहरुको नाम भने आगामी जुन ४ मा फिफाले जर्मनीले बुझाएको नामहरुको आधारमा सार्वजनिक गर्नेछ ।

को को छन् जर्मनीको प्रारम्भिक टोलीमा ? 
गोलकिपर: बर्न्ड लेनो, म्यानुअल नोएर, मार्क–एन्ड्रे टर स्टेगन र केभिन ट्र्याप

डिफेन्डर: माथिआस गिन्टर, जोनास हेक्टर, जेरोमी बोएटेङ्ग, म्याट्स ह्युमेल्स, निक्लस सुले, जोसुआ किमिच, मार्भिन प्लाटेन्हार्ड, एन्टोनियो रुडिगर र जोनाथन ता

मिडफिल्डर: जुलियन ब्राण्ड, जुलियन ड्राक्सलर, , लियोन गोरेट्का, इल्के गुन्डोगन, लेरोय साने, सामि खेडिरा, टोनि क्रुज, सेबस्टिन रुडी, मेसुट ओजिल, 

फरवार्ड:  मारियो गोमेज , थोमस मुलर, निल्स पिटर्सन, मार्को रिउस र टिमो वेर्नर



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ