arrow

उत्तर कोरियाले विवादास्पद रकेट प्रक्षेपण गरेसँगै विश्वव्यापी विरोध र चासो व्यक्त, सुरक्षा परिषदको आकस्मिक बैठक बस्दै

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आकस्मिक बैठक बस्दै

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
north-korea.jpg.jpeg
सोल । उत्तर कोरियाले आइतबार विवादास्पद लामोदुरीको रकेट, भूउपग्रह प्रक्षेपण गरेको  छ । सो प्रक्षेपणको कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी पनि सो देशले जानकारी दिएको छ । यसलाई उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको भन्दै संसारमा नै त्यसको विरोध भएको बताइएको छ । यस प्रक्षेपणलाई अमेरिकामा मारहान्ने खालको शक्तिशाली हतियारकै प्रक्षेपण गरेको भन्दै यसको विरोध गरिएको समाचारमा जनाइएको छ । 
 
आइतबार सो प्रक्षेपण गरिएको जानकारी उत्तर कोरियाको सरकारी टेलिभिजनले जानकारी दिएको छ । उक्त टेलिभिजनले उत्तर कोरियाली नेता किम जोङ उनको प्रत्यक्ष निर्देशनमा सो प्रक्षेपण गरिएको घोषणा गरेको थियो । साथै उक्त प्रक्षेपणको कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी सरकारले दिएको पनि उक्त समाचारमा जनाएको छ । यसअघि पनि उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको थियो । सो बमको परीक्षणको पनि विश्वव्यापी रुपमा विरोध भएको थियो । 
 
यस रकेट प्रक्षेपणको तयारीको समाचार यसअघि नै उत्तर कोरियाले सार्वजनिक गरेको थियो । सो समाचारको विश्वव्यापी रुपमा नै विरोध भएको थियो ।आइतबार यस रकेट प्रक्षेपण गरेको समाचारको देशव्यापी रुपमा विरोध भएको छ । संयुक्त राज्य अमेरिका, चीन, संयुक्त राष्ट्रसंघले यस घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन् । 
 
सुरक्षा परिषदको आकस्मिक बैठक आइतबारै 
यसैबीच यसै विषयलाई लिएर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको आकस्मिक बैठक बस्ने भएको बताइएको छ । लामो दूरीको यस रकेट प्रक्षेपणको विषयलाई लिएर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक आइतबार नै न्युयोर्कमा बस्ने भएको हो ।  संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका सदस्य राष्ट्रहरुका साथै दक्षिण कोरिया र जापानका अधिकारीहरुसँग पनि कुराकानी भएको राष्ट्रसंघीय अधिकारीहरुले बताएका छन् । 
 
जापान, दक्षिण कोरिया र अमेरिकाले यस प्रक्षेपणको परीक्षणले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका शान्ति र निशस्त्रीकरणसम्बन्धी प्रस्तावहरुको उल्लंघन गरेको बताएका छन् । त्यसै विषयमा उक्त परिषदको बैठकमा छलफल हुने र उत्तर कोरियामाथि गर्ने कारबाहीका बारेमा पनि ठोस प्रस्ताव ल्याइने जानकारी दिइएको छ । 
 
महासचिव बानको विरोध 
संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले यस घटनाको विरोध गर्नुभएको छ । उहाँले उत्तर कोरियाको यस कार्यलाई उत्तेजनात्मक भन्दै संसारभरि नै यसले उत्तेजना बढाउने मात्र कामगर्ने प्रतिक्रिया दिनुभएको छ । उहाँले कोरियाली प्रायद्वीपमा यस कार्यले बढाउने उत्तेजना र यसका कारण हुने सस्त्राश्त्रको होडका पक्षमा हुने कुनैपनि कार्यलाई आफूले निशस्त्रिकरण गर्ने काममा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
 
उहाँले यसअघि पनि उत्तर कोरियालाई यस्ता कुनै पनि उत्तेजक काम नगर्न आग्रह गर्दै आउनुभएको थियो । तर अनुरोधको बेवास्ता गरेको भन्दै महासचिव बानले आफूले सधैँ निशस्त्रीकरण र शान्तिका लागि लड्ने बताउनुभएको विज्ञप्तिमा जनाइएको छ । 
 
चीनद्वारा दुःख व्यक्त 
यसैबीच यस मिसाइल परीक्षणको विषयप्रति चीनले दुःख व्यक्त गरेको जनाएको छ । उत्तर कोरियाले उक्त परीक्षणको कार्य सफल रहेको जानकारी दिएपछि चीनले यसप्रति गम्भीर चासो व्यक्त गरेको जनाएको हो । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुवा चुङ्ले विश्व समुदाय नै विपक्षमा रहेका बेलामा उत्तरले गरेको यस प्रक्षेपणप्रति चीनको गम्भीर चासो रहेको छ– भन्नुभएको छ । यसअघि उत्तर कोरियाले हाइड्रोजन बमका परीक्षणको समाचारप्रति पनि चीनले विरोध जनाएको थियो । चिनियाँ विरोधको यस समाचारलाई विश्व समुदायमा नै निकै अर्थपूर्णरुपमा हेरिन्छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ